गृहपृष्ठ उत्कृष्ट फुटबलरको अवार्ड लुका मोडरिचलाई
उत्कृष्ट फुटबलरको अवार्ड लुका मोडरिचलाई
रियल मड्रिडका मिडफिल्डर लुका मोडरिचले युरोपको उत्कृष्ट फुटबलरको अवार्ड हात पारेका छन् । क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै उनले उत्कृष्ट फुटबलरको अवार्ड हात पारेका हुन् । युइएफएले प्रत्येक वर्ष युरोपको उत्कृष्ट फुटबलरलाई अवार्ड दिने गरेको छ ।
मोडरिचले ३१३ अंक पापाएका थिए । त्यस्तै रोनाल्डोले २२३ र सलाहले १३४ अंक पाए। रोनाल्डो उत्कृष्ट फरवार्ड, केलर नाभास उत्कृष्ट गोलकिपर र सर्गियो रामोस उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।
प्रकाशित समय ०८:५३ बजे