गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : नेपाल समूह ‘ए’ मा

साफ महिला च्याम्पियनसिप : नेपाल समूह ‘ए’ मा

आगामी पुस दुई देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ ।

बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक समूह चरणको लक्की ड्रमा नेपालसहित बंगलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।

भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा पनि नेपाल अन्तिम चरणमा भारतसँगै पराजित हुँदै आएको थियो । प्रतियोगिताको आयोजक राष्ट्रको टुंगे भने अझै लागेको छैन ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु