गृहपृष्ठ नेपाली राष्ट्रिय फुटबल टोली बंगालादेश प्रस्थान
नेपाली राष्ट्रिय फुटबल टोली बंगालादेश प्रस्थान
नेपाली राष्ट्रिय फुटबल टोली बङ्बन्धु गोल्डकप प्रतियोगिताको लागि बंगालादेश प्रस्थान गरेको छ । सोमबारदेखि हुने प्रतियोगिताको लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् ।
समूह ‘बी’ मा आयोजक बङ्गलादेशसँगै लाओस र फिलिपिन्स छन् । नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् ।
त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
प्रकाशित समय १२:१८ बजे

















