गृहपृष्ठ थाइल्यान्डविरुद्ध नेपालको सनसनीपूर्ण जित
थाइल्यान्डविरुद्ध नेपालको सनसनीपूर्ण जित
मलेसियामा जारी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गत नेपालले थाइल्यान्डलाई १४० रनले पाखा लगाएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले १७२ रन जोडेको थियो । डीएल मेथडमा पाएको १५८ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ८.५ ओभरमा जम्मा १८ रनमा समेटिएको हो ।
थाइल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले ५ तथा करण केसीले ३ विकेट लिए । थाइल्यान्डका दुई खेलाडीले ७÷७ रन जोडे भने तीन जनाले एक÷एक रनमात्र बनाए । बाँकी खेलाडी शून्य रनमा आउट भए ।
नेपालका लागि अनिल शाह २५, विनोद भण्डारी १५, शरद भेष्वाकर ३४, दिपेन्द्रसिंह ऐरी ३० तथा करण केसीले ४० रन जोडे ।
प्रकाशित समय १६:५५ बजे

















