गृहपृष्ठ पाकिस्तानी क्रिकेट टिमको अको सफलता, अष्ट्रेलियापछि न्युजिल्याण्ड पनि क्लिन स्विप

पाकिस्तानी क्रिकेट टिमको अको सफलता, अष्ट्रेलियापछि न्युजिल्याण्ड पनि क्लिन स्विप

पाकिस्तानले न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेलमा ४७ रनको जित हात पारेको छ । यो सँगै अष्ट्रेलियापछि न्युजिल्याण्डलाई पनि पाकिस्तानले क्लिन स्विप गरेको छ । बाबर अजामले नयाँ किर्तीमान बनाएका छन् ।

गएराति युएइमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो । बाबर अजामले आक्रमक ब्याटिङ गर्दै टिमलाई उच्च स्कोरमा पुर्याएका थिए । मोहम्मद हाफिजजे ५३ र सोयव मलिकले १९ रन जोडे ।

एक सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड १६ ओभर ५ बलमा एक सय १९ मै रोकियो । तीन खेलाडीले मात्र दोहोरो अंक जोडे भने बाँकी खेलाडी सस्तैमा आउट भए । कप्तान केन विलियम्सनले ६० रन र ग्लेन फिलिप्सले २६ रन बनाए पनि हार टार्न भने सकेनन् ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न सादाव खानले तीन तथा इमाद वासिम र वकास मक्सुदले समान दुई–दुई विकेट लिए ।

टी–२० क्रिकेटमा कम खेलमा एक हजार रन पूरा गर्ने बाबर अजाम पहिलो खेलाडी बनेका छन् । भारतीय कप्तान विराट कोहलीको २७ खेलबाट हजार रन पुरा भएको थियो अजामले भने २६ खेलबाटै पूरा गरे ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु