गृहपृष्ठ ओलम्पिक महिला फुटबल छनौट: नेपाल र म्यानमार भिड्ने
ओलम्पिक महिला फुटबल छनौट: नेपाल र म्यानमार भिड्ने
टोकियो ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
थुवुन्ना रंगशालामा स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमार र नेपालबीच खेल हुन लागेको हो । म्यानमार बलियो टोली भए पनि पहिलो खेलमा भारतलाई बराबरीमा रोक्दै अंक बाढेका कारण नेपाली खेलाडीको मनोबल उच्च छ ।
यता, म्यानमारले भने पहिलो खेलमा बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको थियो । नेपालविरुद्ध पनि म्यानमार स्पष्ट तीन अंक हात पार्न खेल्नेछ । नेपाल भने म्यानमारलाई बराबरीमा रोक्दै अंक बाड्ने लक्ष्यमा छ ।
समूह सी मा रहेको नेपालले समूहको अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ओलम्पिकमा स्थान बनाउन यो समूहपछि अझै तीन चरणका छनौट पार गर्नुपर्नेछ ।
प्रकाशित समय ०९:२३ बजे

















