गृहपृष्ठ टी–ट्वान्टी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

टी–ट्वान्टी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

आईसीसी टी–२० महिला विश्वकपको उपाधिमाथि अष्ट्रेलियाले कब्जा जमाएको छ ।

वेष्ट इन्डिजमा आइतबार विहान भएको फाइनलमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि रक्षा गरेको हो । १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

अश्लेइघ गार्डनरले ३३ र कप्तान मेग लनिङले २८ रनको योगदान गरेपछि अष्ट्रेलियालाई उपाधि रक्षा गर्न सहज बनेको थियो ।

पहिले टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९. ४ ओभरमा सबै विकेट गुमाएर १०५ रन जोड्न सक्यो । बलिङतर्फ पनि अष्ट्रेलियाकी अश्लेइघ गार्डनरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले तीन विकेट लिइन् ।

प्रकाशित समय ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु