गृहपृष्ठ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा म्याराथन
अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा म्याराथन
अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवलाई प्रभावकारी बनाउन पोखरामा म्याराथन आयोजना गरिने भएको छ ।
महोत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल पर्वतारोहण संघले जनाएको छ । धावक बैकुण्ठ मानन्धरको नाममा एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन म्याराथन हुने भएको हो ।
अल्ट्राम्याराथ ४५ किलोमिटर र महिलाका लागि भने हाफ म्याराथन हुने संधले जनाएको छ । पुरुषतर्फ एक लाख, उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मङ्सिर २४ देखि २६ गतेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ ।
महोत्सवमा संघले हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक, नाचगान र झांकी प्रस्तुत गर्ने जनाएको छ ।
प्रकाशित समय ०८:०० बजे

















