गृहपृष्ठ स्याङ्जाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता हुने

स्याङ्जाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता हुने

स्याङजाको कोल्मामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको छ ।

पुतलीबजार नगरपालिका– ९ मा रहेको कोल्मा गाउँलाई खेल पर्यटनको रुपमा विकास गर्न आगामी पुस २६ गते क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको हो । कोल्मा जन्मथलो भई हाल कामको सिलसिलामा पोखरा बस्ने समुहले स्थापना गरेको सात सय कोल्मा इभेन्ट म्यानेजमेन्ट संस्थाले कोल्मा र आसपासका गाउँहरुमा पर्यटन भित्र्याउने उद्देश्यका साथ क्रस कन्ट्री दौड आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा खुल्लातर्फ ३१ किलोमिटर र २१ बर्ष उमेर भन्दा कम उमेरका धावकहरुले १४ किलोमिटरको दुरी पार गर्नुपर्नेछ । दौडमा प्रथम हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् ।

संस्थाले स्याङ्जाको पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकामा पर्ने गाउँहरुको सामाजिक तथा आर्थिक विकाससँगै पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्ने महासचिव मनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु