गृहपृष्ठ तिलोत्तमा गोल्डकप दुई दिन पछि सर्यो

तिलोत्तमा गोल्डकप दुई दिन पछि सर्यो

football-newskarobar

फागुन २ गतेबाट सुरु हुने भनिएको २१ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता दुई दिन पछि धकेलिएको छ ।

देशभर नै फुटबल प्रतियोगिता चलिरहदा टिम व्यस्तताका समस्याले फागुन ४ गतेबाट प्रतियोगिता हुने भएको हो । रुपन्देही जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष हरि क्षेत्रीले तयारीका साथै टिम व्यस्तताका कारण दुई दिन पछि खेल सार्नुपरेको बताए ।

देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । मैदानको पूर्वतर्फ १५ सय क्षमताको स्थायी प्याराफिट बनेको छ ।

प्रतियोगितामा विभागीय क्लब पुलिस र शसस्त्र प्रहरीको एपीएफसहित झापा ११, सुनसरी ११, रुपन्देही ११, च्यासल ११, संकटा क्लब, मनाङ मस्यार्दी क्लब, ब्रदर्श युनाईटेड क्लब भारत, डफिन(क्यामरुन) गरी १० टिमले भाग लिने आयोजकले जनाएको छ ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु