गृहपृष्ठ आहा रारा गोल्डकप : उद्घाटन खेलमा एपीएफ र आयोजक सहारा भिड्ने
आहा रारा गोल्डकप : उद्घाटन खेलमा एपीएफ र आयोजक सहारा भिड्ने
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीवारदेखि पोखरा रंगशालामा प्रतियोगिताको अन्तिम तयारी पूरा भएको सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
भोली हुने उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफविरुद्ध आयोेजक सहाराले प्रसितस्पर्धा गर्नेछ । दुई विदेशीसहित १० टिम सहभागि हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । मनकामना केबलकार पोखरा कपको विजेता क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब दुई साता नवित्दै अर्को प्रतियोगितामा सहभागी हुन लागेको छ ।
डफिन्स र भारतको सिक्किम युनाईटेड विदेशी टिम हुन् भने नेपालका तीन विभागीय टिम, सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ प्रतियोगितामा सहभागी हुनेछन् । थ्रीस्टार, हिमालयन शेर्पा, संकटा र आयोजक सहारा क्लबले सहभागिता जनाउने बताइएको छ ।
प्रतियोगितामा विजेताले ८ लाख एक हजार पाउनेछ भने र उपविजेताले ४ लाख रुपैयाँमा चित्त बुझाउने छ ।
प्रकाशित समय ०८:०५ बजे

















