गृहपृष्ठ ५० दिनसम्म ‘नो निगेटिभ न्युज’
५० दिनसम्म ‘नो निगेटिभ न्युज’

रुसी सञ्चारमाध्यममा विश्वकप फुटबल सञ्चालन भएको अबधिभर आपराधिक समाचार सुन्न र पठढ्न नपाइने भएको छ । रुसी सरकारले ५० दिनसम्म अपराधसँग जोडिएका समाचार प्रकाशित÷प्रशारित नगर्न सञ्चार माध्यमहरुलाई आदेश दिएको छ ।
रुसको आन्तरिक मन्त्रालयले प्रहरीलाई २५ जुलाईसम्म कोही अपराधी पक्राउ या विवाद समाधानको खबर सञ्चार माध्यमलाई नदिनका लागि प्रहरीलाई आदेश दिएको छ । यो आदेशसँगै विश्वकप अवधिभर रुसमा सकारात्मक समाचार मात्र प्रवाहित हुने भएका छन् । यस कदमका माध्यमबाट रुस अपराधमुक्त छवि प्रवाहित गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुका अनुसार जुन ६ पछि कोही अपराधी पक्राउ परेको या विवाद समाधान भएको समाचार रुसी सञ्चारमाध्यममा आएका छैनन् । यतिमात्र नभई अपराधसँग जोडिएका खोजी अभियान तथा सुरक्षा प्रबन्धका समाचार समेत सञ्चारमाध्यममा आएका छैनन् ।
मिसाइल लन्चरको सुरक्षामा सेन्ट पिटसबर्ग
रुसले आतंकवादीको हमलाबाट सुरक्षाका लागि सेन्ट पिटसबर्गमा रहेको रंगशालाको आसपास मिसाइल लन्चर र एन्टी ड्रोन जामर लगाएको छ । विश्वकप अबधिभरका लागि रुसले सुरक्षा व्यवस्था कडा बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित समय १७:५७ बजे