गृहपृष्ठ सन्दीपलार्इ क्लार्कको प्रश्न- आर्इपीएलबाट के सिक्यौ ?
सन्दीपलार्इ क्लार्कको प्रश्न- आर्इपीएलबाट के सिक्यौ ?
रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलबाट शनिबार आर्इपीएलमा डेभ्यु गरेका नेपाली युवा बलर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । पहिलो खेलमा चार ओभर किफायती बलिङ गर्दै एक विकेट लिएका सन्दीपसँग अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले अन्तर्वार्ता लिएका छन् ।

क्लार्क : दिल्ली हार्दा दुःख लागे पनि आर्इपीएलमा डेभ्यु गर्दा खुसी लागेको हुनुपर्छ ।
सन्दीप : आफ्नो टिम दिल्लीले हार्दा दुःख लागे पनि विश्वकै उत्कृष्ट ब्याट्सम्यानद्वय विराट कोहली र एबी डि भिलियर्सविरुद्ध बलिङ गर्न पाउँदा खुसी लागेको छ । आगामी खेल अझ राम्रो खेल्नेछु ।
क्लार्क : आर्इपीएलबाट के कुरा सिक्यौ ?
सन्दीप : आर्इपीएलमा आबद्ध भएदेखि नै देश र विदेशबाट धेरै शुभकामना सन्देश आइरहेको छ । यसले हौसला र ऊर्जा थपेको छ । डेब्युमा धेरै कुरा सिक्न पाएँ । पहिलो खेलले धैर्य गर्न र शान्त हुन सिकाएको छ ।
क्लार्क : १ नम्बर जर्सी छनोट गर्नुको कारण के हो ?
सन्दीप : आफ्नो रोजाईको २५ नम्बरको जर्सी नपाएपछि १ नम्बरको जर्सी छानेको हुँ ।
क्लार्क : विश्वकै उत्कृष्ट ब्याट्सम्यानद्वय विराट कोहली र एबी डि भिलियर्सविरुद्ध बलिङ गर्दा कस्तो लाग्यो ?
सन्दीप : मुख्य विश्वका उत्कृष्ट खेलाडीसँग खेल्न पाउँदा नयाँ अनुभव भइरहेको छ । यो मेरा लागि ठूलो अवसर हो । उनीहरु विरुद्ध बलिङ गर्दा इन्जोए गरेको थिएँ ।
प्रकाशित समय १३:२७ बजे

















