गृहपृष्ठ कृषि क्षेत्रको सुधारका लागि मातहतका निकायलाई कृषिमन्त्रीको १९ बुँदे निर्देशन

कृषि क्षेत्रको सुधारका लागि मातहतका निकायलाई कृषिमन्त्रीको १९ बुँदे निर्देशन

काठमाडौं । कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले आफू मातहतका विभागलाई १९ बुँदे निर्देशन जारी गरेको छ । ‘कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहरकारी क्षेत्र रूपान्तरण मार्गचित्र २०७५’लाई कार्यान्वयनका लागि मन्त्रालय मातहतका विभागहरूलाई १९ बुँदे निर्देशन जारी गरेको हो । एक साताअघि मन्त्री चक्रपाणि खनालले सार्वजनिक गरेको ‘रूपान्तरण मार्गचित्र २०७५’ कार्यान्वयनका लागि मन्त्रालयले आफ्ना मातहतका विभागलाई सोमबार निर्देशन जारी गरेको हुन् ।
मन्त्रीबाट भएका निर्देशनको हुबहु कार्यान्वयन गर्नुपर्ने भनिएको १९ बुँदे निर्देशनमा ‘मन्त्रीबाट घोषणा भएको रूपान्तरणको मार्गचित्र कार्यान्वयनका लागि विभागले अग्रसरता देखाउनुपर्ने र कार्यप्रगति प्रतिवेदन दुई÷दुई हप्तामा अनिवार्य माथिल्लो निकायमा पेस गर्नुपर्ने’ भनिएको छ । त्यस्तै, कुनै अनियमितताका विषयमा सम्बन्धित कार्यालय प्रमुखले नियमति रूपमा आफैं अनुमगनमा जानुपर्ने र प्रत्येक दिन माथिल्लो तहमा प्रतिवेदन पेस गर्नुपर्ने भनिएको छ ।
त्यस्तै, सम्बन्धित कार्यालयका भौतिक सम्पत्ति, अभिलेख र राजस्व सुरक्षित, व्यवस्थित र खोजेको बेला तत्काल प्राप्त गर्ने गरी चुस्त दुरुस्त राख्नुपर्ने र नागरिकलाई प्रत्यक्ष राहत अनुभूत हुने गरी सेवा प्रभावको व्यवस्था मिलाउन निर्देशनसमेत दिइएको छ । त्यस्तै, सेवा प्रदायक कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक लाउने र कर्मचारी परिचयपत्र अनिवार्य बोक्नुपर्ने छ ।
कार्यालयबाट दिइने सेवा तथा कार्यविधिलगायतका विषयमा सूचना पाटीमा नै सबैले देख्ने गरी राख्ने र कार्य पारदर्शी बनाउनका लागि मासिक आम्दानी तथा खर्चको विवरण प्रत्येक महिनाको पहिलो साताभित्र कार्यालयको वेवसाइटमा राख्न निर्देशन दिइएको छ । मन्त्रालय मातहतका सबै कार्यालयहरूमा सेवाग्राही सहयोग कलका लागि हेल्प डेस्क स्थापना गर्नुपर्नेलगायतका विभिन्न १९ बुँदामा मन्त्री चक्रपाणि खनालले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । यसअघि मन्त्री खनालले मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भन्दै आफ्नो ५८ बुँदे ‘रूपान्तरण मार्गचित्र २०७५’ जारी गरेका थिए ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु