गृहपृष्ठ लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका हुन् ।

पूर्वप्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् । बाँकी तीन जनाले भने संयुक्त लिखित जवाफ दिएका छन् । लिखित जवाफ दिँदै उनीहरूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन् । संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना अभिव्यक्ति दिएको र अदालतको अवहलेनामा आफूहरू सचेत रहेको उनीहरूले बताएका छन् ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई लिखित जवाफ दिन आदेश गरेको थियो ।

अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको निवेदकहरूको दाबी छ । प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गरेका थिए ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु