गृहपृष्ठ महिला साफको तयारी अन्तिम चरणमा

महिला साफको तयारी अन्तिम चरणमा

यही फागुन २८ गतेबाट विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुन लागेको पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

साफ महिला फुटबल प्रतियोगितालाई लक्षित गरी मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका तयारी अन्तिम चरणमा पुगेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

काठमाडौं बाहिर गरिएको यो गेम सफल भएमा अन्य गेम विराटनगरमा ल्याउन पनि सहज हुने बताउदै शेर्पाले सबैलाई सहयोग गर्न अनुरोध गरे । शेर्पाले खेल समयका लागि सुरक्षाको भरपर्दाे प्रवन्ध गरेको पनि बताए । मैदानको बाहिरपट्टी पहिलो घेरामा स्वयंसेवक रहने छन् भने दोस्रो घेरामा नेपाल प्रहरीको सुरक्षा रहने छ ।

त्यस्तै खेल अवधिभरमा विराटनगरमा जारी विकास निमार्णका क्रममा उत्पन्न हुने धुलो धुवालाई नियन्त्रण गर्न सडकमार्गलाई व्यवस्थित गरि हरेक दिन पानी हाल्ने महानगरले प्रतिबद्धता जनाएको पनि शेर्पाले बताए ।

पछिल्लो समयमा विराटनगरमा बढ्दो ट्राफिक जामको व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरीसगको समन्वयमा जुनसुकै स्थानमा पार्किङ रोकिने र बढ्दो ट्राफिक व्यवस्थापनको नयाँ रणनीति तय गरिएको उनले जानकारी दिए ।
उनले साफका विराटनगर महानगरपालिकाको १ करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको पनि पत्रकार सम्मेलनमा उनले जानकारी दिए । खेल मैदानको मर्मतका लागि मात्र १० लाख बजेट छुट्याइएको उनले बताए । ६ गतेबाट खेलाडी तथा अन्य एन्फाको व्यवस्थापकीय टिम विराटनगरमा आउने पनि उनले जानकारी दिए । प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा प्रशिक्षकको उपस्थिति रहने बताइएको छ ।

उनीहरुलाई काठमाडौबाट विराटनगर ल्याउने टिकटको व्यवस्थापन पनि एन्फाले नै गर्नेछ । नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने छ ।

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु