गृहपृष्ठ बालिका बलात्कारको सत्य तथ्य छानबिन गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन

बालिका बलात्कारको सत्य तथ्य छानबिन गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन

रेशमा रसाइलीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बिहीबार जनकपुरधाममा प्रदर्शन भएको छ । धनुषाको मिथिला नगरपालिकाको हरिहरपुरस्थित मगर टोलकी १० वर्षीय बालिका रेशमा रसाइलीलाई बलात्कार गरि हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बिहीबार जनकपुरधाममा प्रदर्शन गरिएको हो ।

‘अपराधीलाई कारबाही गर’, ‘उच्चस्तरिय छानबिन समिति गठन गर’ लगायतका नारा लगाउँदै सयौंको संख्यामा रहेका प्रदर्शनकारीले प्रदेशको राजधानी जनकपुरधाममा विरोध र्याली प्रदर्शन गरेका हुन् ।

बालिका रेशमाको छिमेकमै भइरहेको विवाह उत्सवको बेला आयोजित नाँचगान हेर्न सहभागी भइरहेको समयमा साँझपख बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै धनुषा प्रहरीले बटेश्वर गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरेको छ ।

स्थानीयले रेशमा रसाइली (द्वितिया) संघर्ष समिती गठन गर्दै घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर, दोषीलाई कडा भन्दा कडा कारबाही गर, रेशमा रसाइली परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर लगायतको माग राख्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु