गृहपृष्ठ अर्जेन्टिनी टोलीमा फर्किए मेसी

अर्जेन्टिनी टोलीमा फर्किए मेसी

messi-newskarobar

स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । मेस्सी ९ महिनापछि अर्जेन्टिनी टोलीमा फर्किएका हुन् ।

मेस्सी गत जुन–जुलाईमा रुसमा भएको विश्वकपपछि राष्ट्रिय टिममा गयल रहँदै आएका थिए । रुस विश्वकपमा जर्ज साम्पोलीको प्रशिक्षणमा अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । त्यसपछि मेसी राष्ट्रिय टिमबाट खेल्न छाडेका थिए । प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेस्सीलाई भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि टिममा बोलाएका हुन् ।

अर्जेन्टिनाले २२ मार्चमा स्पेनमा भेनेजुएलासँग खेल्दैछ । त्यसको चार दिनपछि मोरोक्कोसँग मैत्रीपुर्ण खेल हुनेछ ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु