गृहपृष्ठ ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन
ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विहीबार प्रतिष्ठानमा आयोजना गरेको ३३ औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उनले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पारे ।
संघले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताए । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, ‘स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।’
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताए ।
प्रकाशित समय ०८:२२ बजे
















