गृहपृष्ठ युरोपा लिग : चेल्सीको जित, आर्सनलको लज्जास्पद हार

युरोपा लिग : चेल्सीको जित, आर्सनलको लज्जास्पद हार

चेल्सी युरोपा लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

बिहीबार रातिको खेलमा चेल्सीले डाइनामो किभलाई ३–० गोलअन्तरले हराएको हो । चेल्सीको जितमा कलुम हुड्सन, लिभली पेड्रो र विलियनले गोल गरे । खेलअवधिभर नियन्त्रण जमाएको चेल्सीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । १७औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा विलियनले गोल गरे । खेलको ९० औं मिनेटमा हुड्सनले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए । जितसँगै क्वाटरफाइनलमा पुग्ने चेल्सीको सम्भावना बलियो भएको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति नै भएको खेलमा आर्सनल रिनेससँग ३–१ गोलअन्तरले पराजित भएको छ । प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल ३–१ गोलअन्तरले पराजित भएपछि अन्तिम आठमा स्थान बनाउे सम्भावना पनि कम भएको छ ।

प्रकाशित समय ०९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु