गृहपृष्ठ कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार बिहान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ ।

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन । कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु