गृहपृष्ठ रियल मड्रिडसँग रियल भालाडोलीड पराजित

रियल मड्रिडसँग रियल भालाडोलीड पराजित

स्पेनिस लिग ला लिगामा रियाल मड्रिडले रियल भालाडोलीडलाई पराजित गरेको छ । यसअघि कमजोर प्रदर्शन गरिरहेको रियालले भालाडोलिडलाई चार–एक गोलले हराएको हो ।

भालाडोलीडले घरेलु मैदानमा अग्रता लिएको थियो २९ औं मिनेटमा अनुर तुहामीको गोलमा भालाडोलीडलाई अग्रता दिलाएका थिए । लगत्तै रियलले उत्कृष्ट कमब्याक गर्यो । १० खेलाडीमा झरेको रियलले ३४ औं मिनेटमा भारानेको गोलबाट बराबरी गर्यो भने ५१औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जिमाले पोष्टको दिशा दिए ।

५९औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा कासेमीरो दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा झर्यो । ८५औं मिनेटमा लुका मोड्रिचले रियलका लागि चौथो गोल गरे ।

रियलले २७ खेलबाट ५१ अंक जोडेको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु