गृहपृष्ठ भारतका चर्चित युवा अगुवा हार्दिक पटेल कांग्रेसमा
भारतका चर्चित युवा अगुवा हार्दिक पटेल कांग्रेसमा
भारतका चर्चित युवा अगुवा हार्दिक पटेल भारतीय कांग्रेस प्रवेश गरेका छन् । सन् २०१९ को निवर्वाचन नजिकिँदै जाँदा पटेल कांग्रेस प्रवेश गरेका हुन् ।
चर्चित युवा नेताको कांग्रेस प्रवेशलाई लिएर भारतमा महत्वका साथ हेरिएको छ । उनको प्रवेशले भारतीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा पाउने अपेक्षा धेरैको छ ।
भारतको अहमदावादमा बसेको कांग्रेस कार्यसमिति बैठकमा राहुल गान्धीले पटेललाई कांग्रेस प्रवेश गराएका हुन् । गान्धी कांग्रेस अध्यक्ष हुन् ।
पटेल पटिदार आन्दोलनबाट भारतमा चर्चित बनेका थिए । दलित समुदायका अगुवा नेताको पार्टी प्रवेशले कांग्रेसले निर्वाचनमा महत्वपूर्ण उपलब्धीको अपेक्षा गरेको छ । सन् २०१५ मा आफ्नो जातीले सरकारी सेवामा आरक्षण पाउनुपर्ने माग राखेर आन्दोलन गरेपछि पटेल चर्चित बनेका थिए ।
आगामी निर्वाचनमा पटेल गुजरातको जमनागरबाट लोकसभा निर्वाचन लढ्ने र उक्त क्षेत्रमा कांग्रेसले उनलाई टिकट दिने सम्भावना रहेको अपेक्षा गरिएको छ ।
कांग्रेस प्रवेश गरेपछि पटेलले सुभाषचन्द्र बोस, पण्डित नेहरू, सरदार पटेल, इन्दिरा गान्धी, राजीव गान्धी जस्ता हस्तीको पार्टीमा आवद्ध भएकामा खुसी व्यक्त गरेका छन् ।
प्रकाशित समय १९:१६ बजे

















