गृहपृष्ठ राजदूत निलाम्बर आचार्य र अर्जुनबहादुर कार्कीलाई मन्त्रीको सुविधा

राजदूत निलाम्बर आचार्य र अर्जुनबहादुर कार्कीलाई मन्त्रीको सुविधा

सरकारले दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सुविधा दिने निर्णय गरेको हो । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि मन्त्रीसरहको सुविधा दिइरहेको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मंलगबारकै मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवामा दुई उपसचिवको दरबन्दी थप्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु