गृहपृष्ठ साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेको छ । शहीद रंगशाला विराटनगरमा शनिबार भएको समूह एको अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको हो ।
नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे । नेपालले एक गोल अत्माघाति उपहार पाएको थियो । नेपालले अब सेमिफाइनलमा समूह बि को उपबिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले ६ मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । बगलादेशकी मसुरा परभिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि घरेलु टोली नेपाल अग्रता बनाउन सफल भयो । बंगलादेश उपविजेताको रुपमा सेमिफाईनल प्रवेश ग¥यो ।
प्रकाशित समय १७:०२ बजे

















