गृहपृष्ठ म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई ३-२  गोलले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

म्यानचेस्टरका लागि ६९ औं मिनेटमा बर्नान्डो सिल्भा र ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गरे । ७८ औं मिनेटमा म्यानचेस्टरले उपहार गोल पाएको थियो ।

स्वान्सीका लागि खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत र सिलिनाले गोल गरेका थिए ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु