गृहपृष्ठ अख्तियारका असइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारका असइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा तामेलीमा राखीदिने भनी सेवाग्राहीसँग घुस रकम मागेको आरोपमा अख्तियारले अधिकारीविरुद्ध साेमबार मुद्दा दायर गरेको हो ।

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको अडियो रेकर्ड फेला परेपछि उनी पक्राउ परेका थिए । चन्दननाथ उच्च मावि शिक्षकविरुद्ध आयोगमा उजुरी परेको थियो । त्यसलाई तामेलीमा राख्न भनी उनले १४ हजार रुपैयाँ घुस रकम लिएको अख्तियारको दाबी छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु