गृहपृष्ठ इन्डोनेसिया बाढी : ७३ को मृत्यु, ६० बेपत्ता, ४ हजार विस्थापित

इन्डोनेसिया बाढी : ७३ को मृत्यु, ६० बेपत्ता, ४ हजार विस्थापित

इन्डोनेसियाको पूर्वी प्रान्त पपुआमा बाढीका कारण ७३ जनाको मृत्यु भएको छ । अन्य ६० भन्दा बढी मानिसहरू हराएका छन् । बीबीसीका अनुसार उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गर्नुपरेको छ । हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । बाढी पहिरोले रूखहरू ढलेकाले बाटो अवरुद्ध भएको छ ।

बाढीले दुईवटा पुल र सयभन्दा बढी घरहरूमा क्षति र्पुयाइदिएको छ । कम्तीमा चार हजार मानिसहरू घर छोडेर अन्यत्र गएका छन्। तिनमध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार शनिवार साँझदेखि ठूलो वर्षा हुन थाल्यो र रातभरि पानी परेको थियो ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु