गृहपृष्ठ युथ कन्क्लेभमा क्रिकेटर पारसलाई १ लाख सहित सम्मान (तस्बिरसहित)
युथ कन्क्लेभमा क्रिकेटर पारसलाई १ लाख सहित सम्मान (तस्बिरसहित)
युवाहरुलाई देशमै केही गर्न आग्रह
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई काठमाडौँ युथ कन्क्लेभका अबसरमा युथ आइकन २०१९ घोषणा गर्दै १ लाख रूपैयाँसहित सम्मान गरिएको छ ।
काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न कन्क्लेभमा विभिन्न क्षेत्रमा ब्यवसाय गर्दै आएका युवाहरु सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपालको भविष्यको आशा रहेको बताए । उनले थपे, ‘देश बनाउने दायित्व अब नयाँ युवा पुस्ताको पनि हो भन्ने बुझाउनका लागि यो कार्यक्रम अत्यन्त जरुरी छ ।’ लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएका नेपाललाई अब आधुनिक विश्वमा चिनाउन युवा पुस्ताले देशमै केही गर्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा युवा विद्यार्थीहरूलाई सफलताका लागि सही दिशानिर्देश गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले प्रेरणात्मक सम्बोधन गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलकुदमार्पmत् राष्ट्रियताको भावना र एकता ल्याउन सकिने बताए ।
कार्यक्रममामिस नेपाल २०१८ शृङ्खला खतिवडाले पर्यटन प्रवद्र्धनमार्फत समृद्धिबारे, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले ई–कमर्स र सूचना प्रविधिबारे, युट्युबर सिसन बानियाँले आफ्नो रुचिलाई व्यवसायमा कसरी परिणत गर्ने भन्ने बारे, ज्योति ग्रुपका निर्देशक तथा स्याकार टे«डिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले नेपालको व्यापारिक वातावरणबारे तथा सन्दीप क्षेत्रीले कसरी समूहमा चिनिने भन्नेबारे आआफ्नो अनुभव बाँडेका थिए ।
युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्यका साथ आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा काठमाडौँका विभिन्न कलेजहरूबाट करिब तीन हजार विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलेजका तर्पmबाट सांस्कृतिक प्रस्तुतिहरू, प्रदर्शनी, खाना स्टल, गेम जोनलगायत पनि राखिएको थियो ।
प्रकाशित समय १७:५३ बजे

















