गृहपृष्ठ लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको सव नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध
लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको सव नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध
ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका छन् ।
भरखरै नेपाली समय अनुसार १४: १० मा संयुक्त राष्ट्र संघ , मानवअधिकार परिषद् जेनेभाको ४० साैं सत्रमा संबोधन गर्दै नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका हुन् ।
सम्बोधनमा नेपालले सन् १९४७ नोवेम्बर ९ मा गोरखा सेना सम्बन्धमा भएको सन्धीअनुसार सेनालाई भारत र बेलायतमा भागबण्डा भएको थियो । सबै लडाइँमा मारिएका सेनालाई आफ्नो घर परिवारलाई बुझाईन्छ तर भारतीय गोरखा सेनामा रहेका नेपालीहरु लडाइँमा मारिदा उनीहरूको लास परिवारलाई हस्तान्तरण गरिदैन । यसरी हुने अमानवीय, अन्यायपूर्ण, असमान व्यवहारलाई रोक्न समेत नेपालले सभामा माग गरे ।
यस भन्दाअघिको सभामा नेपालले सुगौली सन्धीमार्फत नेपालले गुमाएकाे ६० हजार वर्ग कि.मि. जमिन भारतले उपनिवेश बनाएको बारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएका थिए ।
प्रकाशित समय १८:०८ बजे
















