गृहपृष्ठ सुर्खेतका पांच पुलको निर्माण तिव्र
सुर्खेतका पांच पुलको निर्माण तिव्र
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडक खण्डका ५ वटा पुलको काम तिव्र गतीमा अगाडि बढेको छ । कुल ३३ करोड १९ लाख ७७ हजारको लागतमा निर्माण हुन लागेका ती पुलको कार्यअवधी ३१ महिना भएको डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । कार्यालयका अनुसार निर्माणको कामको सम्झौता गत बैशाखमा भएको हो ।
प्रमुख अधिकारीका अनुसार ढोडेखाली खोला, खोर्केखोला, इत्रामखोला, नेवारेखोला र ग्रागेताल खोलाको पुलको निर्माण धमाधाम भईरहेको छ । प्रमुख अधिकारीले भने ‘समग्रमा पुल निर्माणको काम २५ प्रतिशत सकिएको छ ।’
वीरेन्द्रनगर फोरलेन सड्क निर्माणकै क्रममा छ । त्यस अन्तरगत पर्ने पाँचवटा खोलामा पक्की पुल निर्माणको काम चालु आर्थिक बर्षबाट सुरु भएको हो । डिभिजन सड्क कार्यालय सुर्खेतले ठेक्का आह्वान गरेर पुल निर्माणको जिम्मा सपना, आशिष, श्याम एण्ड शंकर जेभीलाई दिएको छ ।
खोलाको माटोको परिक्षणका आधारमा पायलिङ्ग प्रविधिबाट पुल निर्माणको काम गरिएको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले बताए । सुर्खेतमा पायलिङ्ग प्रविधिबाट पहिलो पटक पुल निर्माणको काम शुरुवात गरिएको हो ।
ढोडेखाली खोला, नेवारे खोला र गाग्रेताल खोलामा पायलिङ्गको काम सकिन लागेको र बाँकी २ वटा पुलमा पायलिङ्ग गरिने निर्माण व्यवसायी खड्काले जनाए । इत्राम र खोर्केखोला पुल भने यसअघि नै निर्माण गरिएको थियो । तर यी पुल फोरलेन अनुकुल नभएपछि पुलको दायाँबायाँ बिस्तार गरिने उनले जनाए ।
वीभिन्न तहका स्थानिय तहहरुले पुल निर्माणका लागि आवश्यक सामग्रीे ढुवानी गर्न नदिँदा पुल निर्माण कार्यमा समस्या उत्पन्न हुने गरेको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले गुनासो गरे ।
उनले भने ‘समयमै सामग्री आएको भए अहिलेसम्म तिनओटा पुलमा पायलिङ्गको काम सम्पन्न भइसक्थ्यो ।’ उनका अनुसार कम्पनीले तयारीमा राखेका बालुवा र गिट्टी ढुवानी गर्न नदिँदा पुल निर्माणमा केही ढिलाई भएको हो ।
सपना, आशिष, श्याम एण्ड शंकर जेभीका निर्माण व्यवसायी पदम खड्काले पुल निर्माणका लागि आवश्यक सामग्री सहजै ढुवानी भए निर्धारित समयमै काम सम्पन्न गरिने जनाए ।
कर्णाली प्रदेश अन्तर्रगतको रत्न राजमार्गको वीरेन्द्रनगर सडक खण्डको समेत निर्माण कार्य चलिरहेको छ । सडक तथा पुलको निर्माण कार्य संगसंगै अगाडि बढेकोले नगरक्षेत्र केहि अस्तव्यस्त जस्तो देखिएको छ । पुल निर्माणमा केहि तिव्रता भएको भएपनी सडक निर्माणमा भने निर्माण कम्पनीले आलझेल गर्दै आएको छ । जसले गर्दा यात्रु हैरान भएका छन् ।
वर्षाको हिलो र खडेरीको धुलोले कर्णाली प्रदेशको राजधानी सुर्खेतका जनता तथा लामो तथा छोटो दुरीमा हिड्ने यात्रूहरु मारमा परेका छन् ।
प्रकाशित समय १९:२५ बजे

















