गृहपृष्ठ गोठमा आगलागी २५ बाख्रा जले
गोठमा आगलागी २५ बाख्रा जले
सांकेतिक तस्बिर ।
बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए ।
आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ । शुक्रबार भउको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए ।
प्रकाशित समय ११:५१ बजे

















