गृहपृष्ठ ओकल्छ विक्षुब्ध विष

ओकल्छ विक्षुब्ध विष

ओकल्छ विक्षुब्ध विष
घरीघरी
विमना द्रविभुत
पग्लन्छ
मन,

अनायासै चिरेर
विचलित अग्नी लाक्पाले
जब जलाउछ
उनको मन
तर,

थाह छैन उनलाई
जलाउने यहाँ
आफैँ
श्यामल
भत्भती कति
जलेको छ
भनेर,
जलाउने आगो
भन त

तिम्रो र मेरो
साइनो के हो ?
मिलन हो कि
बिछोड?

पाप हो कि पुण्य ?
जन्म कि
मृत्यु ?

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु