गृहपृष्ठ ‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ

‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ?
विद्यालय छाडी कसैका विरोधमा जनझाऊ
झण्डा होइन बालक उमेरमा कलम समाउ
निकोरी पढी लेखी ज्ञानी बन, राम्रो नाम कमाउ ।

आफ्नै संस्कृतिमा गर्व गरौँ, आफ्नै कलामा रमाऊ
देउडा गाऔँ, खेल्लाऔं, बान्नीकी चैतली राम झाउ
जयपृथ्वीले श्रीपेच धरौटी राखी, जनता पढाएको ठाउँ
अद्दरौंडै स्कुल छाडी साइबौ तमे, बैंगलोर जनझाउ ।

पर्चा हैन विद्यार्थी भाइ-बहिनी कापी-किताब समाऊ
खुँडा, खुकुरी फाल, विद्यामन्दिरमा कलम थमाऔँ
कति सुन्दर, शान्त छ बझाङ सब्बुकी धेकाऔं
आऊ सबै मिली बझाङ बनाऔँ, खप्तड चिनाऔँ ।।

विष्णुप्रसाद जोशी
खप्तडछान्ना गाउँपालिका-५, पिठातोला, बझाङ
हाल : विद्यावारिधि, युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका,

Twitter: @BishnuJoshi999

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु