गृहपृष्ठ ‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’

‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’

लालदासहरू
क्रान्तिको झन्डा मिल्काएर
श्वेत आतंक मच्चाउँदै,
चोक चोकमा
गल्ली गल्लीमा
क्रान्ति पूरा भएको
घोषणा गर्दै हिड्छन्
लालदासहरुलाई के थाहा ?
क्रान्तिको कहिले अन्त्य हुदैन
क्रान्ति अन्त्य हुन भनेको
स्थिर हुनु हो ।
चेतना शून्य हुनु
विज्ञान गतिहिन हुनु हो
पदार्थको मृत्यु हुनु हो
लालदास
वर्गसंघर्षको दर्शन त्यागेर
द्वन्द्वलाई अस्वीकार गर्दै
श्वेत आतंक मच्चाउने
चोक चोकमा
गल्ली गल्लीमा
एकहोरो मिलापको
ढ्वाङ पिट्छन ।
लालदासहरुलाई के थाहा ?
द्वन्द्व कहिले रोकिदैन
द्वन्द्व जीवहरुले फेर्ने सास हो
जीवहरु हिड्ने पाइला हो
द्वन्द्व रोकिनु भनेको
स्थिर हुनु हो
चेतना शून्य हुनु हो
मृत्युु हुनु हो
लालदास !
कम्युनिस्ट आदर्श बुटले कुल्चिएर
मार्क्सवादको बदसाला बनाउने
माफिया महलका सेवकहरु
श्वेत आतंक मच्चाउँदै
चोक चोकमा
गल्ली गल्लीमा
एकहोरो समानताको गीत बजाउँछन !
लालदासहरुलाई के थाहा ?
समानता सापेक्ष हुन्छ ।
विभेद वर्गीय हुन्छ
मार्क्सवाद कुल्चिएर मर्दैन
मार्क्सवाद मर्नु भनेको
स्थिर हुनु हो
चेतना शून्य हुनु हो
मृत्यु हुनु हो ।।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु