गृहपृष्ठ गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्छ भनेको छैन : महामन्त्री कोइराला
गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्छ भनेको छैन : महामन्त्री कोइराला
फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्छ भनेर आफूले नबोलेको बताएका छन् । बुधबार होलीको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्न सकिने धारणा राखेका थिए ।
तर, बिहीबार चितवन पुगेर महामन्त्री कोइरालाले आफूले गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने भनेर नबोलेको दाबी गरेका हुन् । ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत संग्रह गर्नुपर्छ भनेको छैन’ उनले भने । महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिने बताए ।
गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने धारणा राखेपछि कोइरालाको आलोचना भएको थियो । विरोध हुन थालेपछि महामन्त्री कोइरालाले साे अभिव्यक्तिको बचाउ गरेका हुन् ।
प्रकाशित समय १४:२३ बजे

















