गृहपृष्ठ एमएडब्लुले ल्यायाे डेढ करोडको स्कोडा कोडियाक ‘एलएन्डके’
एमएडब्लुले ल्यायाे डेढ करोडको स्कोडा कोडियाक ‘एलएन्डके’
नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले भर्खरै स्कोडा कोडियाकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ । स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा स्कोडा कोडियाक केही महिनाअघि नेपालमा आएको थियो । अहिले यसले सेग्मेन्टलाई लिड गरिरहेको छ ।
कोडियाकको ‘लरेन एन्ड क्लेमेन्ट’ ब्याजले स्कोडाका संस्थापकहरुको सम्झना दिलाउँछ । स्कोडा कोडियाक ‘एलएन्डके’ पाँच वटा कलरः ‘लाभा ब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ । नेपालमा कोडियाक ‘एलएन्डके’को मूल्य १ करोड ५८ लाख रुपैयाँ तोकिएको छ ।
कोडिया एलएन्डकेको फेसियामा विशेषखालको क्रोम ग्रिल रहेको छ । यसको स्वरुपलाई ‘आई ल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ ।
पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलइडी टेललाईटमा क्रिस्टलाइन इलेमेन्टहरु राखिएका छन् । पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’ लाई छुट्याएको छ । ‘सिल्भर रुफ रेल’ले यसको ‘प्रिमियमनेस’लाई बढाइदिएको छ । ‘फ्रन्ट विंग्स’ मा राखिएको ‘एलएन्डके’ ब्याज पेन्टिङ जस्तै देखिन्छ ।
कोडियाकको सबैभन्दा विलासी भर्सन ‘एलएन्डके’ मा धेरै ‘इनोभेटिभ’ फिचरहरु छन् । बडीको विभिन्न स्थानमा राखिएका चार वटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यु’ देखिन्छ ।
यसमा ‘डोर एज प्रोटेक्सन’ अर्को फिचर छ । कारको ढोका खोलदा स्वचालित रुपमा एउटा ‘प्रोटेक्सन सिल्ड’ निस्कन्छ । यसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा ठोक्किनबाट बचाउँछ । ढोका बन्द गरेपछि सिल्ड आफैं भित्र जान्छ । त्यसैगरी अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउँछ ।
कोडियाक एलएन्डके ‘सिम्प्ली क्लेभर’ ‘पावर न्याप प्याकेज’ ले लामो यात्राका क्रममा पछाडिका पेसेन्जरलाई आनन्दले सुत्न सहयोग गर्छ । यसमा टाउकोको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्यांकेटहरु पनि उपलब्ध छन् ।
कोडियाक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीहरुबीच सहज संवाद गर्न सहयोग गर्छ ।
इलेक्ट्रोनिक कन्ट्रोलसहितको अल ह्विल ड्राइभ सिस्टमले ‘ट्रयाक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाइदिन्छ । यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’ समेत रहेको छ । यसले कोडियाकको अफरोड क्षमतालाई बढाइदिन्छ ।
प्रकाशित समय १७:०८ बजे

















