गृहपृष्ठ महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार
महासंघको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सहसभापतिहरुमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर रहेका छन् । त्यसैगरी, चलचित्र र गीतसंगीत क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि फोरमको सदस्यमा चयन भएका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि मुलुकको कला, संस्कृति भनेको त्यस देशको सबैभन्दा बलियो निधि भएको बताए । समग्र चलचित्र र यससँग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडि लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्नसमेत उनले फोरमलाई आग्रह गरे । चलचित्र तथा गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरुमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै उनले यस क्षेत्रलाई अझ बढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा फोरमले विशेष भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताए ।
प्रकाशित समय १५:२४ बजे