गृहपृष्ठ आरती र हुलास स्टिलले छडको मूल्य घटायो

आरती र हुलास स्टिलले छडको मूल्य घटायो

आरती स्टिल र हुलास स्टिलले छडको मूल्य ८ रुपैयाँ घटाएको छ । करिब १ महिनापछि दुवै कम्पनीले छडको मूल्य घटाएको हो । आरती स्ट्रिप्सले छड प्रतिकेजी ८६ बाट ७८ रुपैयाँमा र हुलास स्टिलले प्रतिकेजी ८० बाट ७२ रुपैयाँमा मूल्य घटाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगर निरीक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उनका अनुसार एक महिनाअघि छडको मूल्य बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि त्यसलाई ध्यान दिँदै विभाग र व्यवसायीहरुबीच दुईपक्षीय छलफल भएको थियो । त्यही छलफलमार्फत अबदेखि छडको मूल्य घटबढ भएमा कारणसहित पेश गर्ने सहमति भएको कार्यालय प्रमुख पोेखरेलले बताए ।

सोही सहमतिबमोजिम मंगलबार आरती स्टिल र आज हुलास स्टिलले छडको मूल्य घटेको जानकारी गराएको हो । कमला आइरन एण्ड स्टिलले भने मूल्य थपघटबारे केही जानकारी नदिएको उनको भनाइ छ । त्यसबारे कमला स्टिलसँग जानकारी माग भइरहेको पोखरेलले बताए ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु