गृहपृष्ठ एसईई परीक्षा : सासंद र नायिका पनि सहभागी
एसईई परीक्षा : सासंद र नायिका पनि सहभागी
यसवर्षको एसईई परीक्षा आइतबारबाट सुरू भएको छ । यस वर्षको परीक्षामा सांसद र कलाकार पनि सहभागी भएका छन् । कमलरी हुँदै राजनीतिमा आएकी शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । उनी महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् । उनीको छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् ।
त्यस्तै चर्चित नायिका करिश्मा मानन्धरले पनि परीक्षा दिइरहेको छिन् । त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी उनी विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट अहिले परीक्षा दिइरहेकी छन् ।
परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भइरहेका छन् । जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र रहेको छ ।
प्रकाशित समय १२:१९ बजे

















