गृहपृष्ठ एसइइ परीक्षाः प्रदेश ५ मा ८ सय ८८ परीक्षार्थी अनुपस्थित

एसइइ परीक्षाः प्रदेश ५ मा ८ सय ८८ परीक्षार्थी अनुपस्थित

प्रदेश स्तरमा पहिलो पटक सुरु भएको माध्यमिक परीक्षा शिक्षाको पहिलो दिन प्रदेश नम्बर ५ बाट पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षामा ८ सय ८८ परीक्षार्थी अनुपस्थित भएका छन् ।
यस प्रदेशमा ७८ हजार ७ सय ५७ जनाले परीक्षा फारम भरेकोमा ७७ हजार ७ सय ४२ जनाले मात्रै परीक्षा दिएका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका कामु निर्देशक जितबहादुर शाहले दिएको जानकारी अनुसार यस प्रदेशमा केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९, निरीक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिएको छ ।
प्रदेश ५ मा एसईई सम्पन्न गर्न झण्डै तीन करोड बजेटको व्यवस्था गरिएको छ । प्रदेशका सबै १२ वटा जिल्लाका लागि २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैयाँ निकासा भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु