गृहपृष्ठ राष्ट्रिय सुरक्षा परिषद्कोे निर्णयबाट सेना परिचालन : रक्षामन्त्री पोखरेल

राष्ट्रिय सुरक्षा परिषद्कोे निर्णयबाट सेना परिचालन : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको तत्काल सम्भावना नरहेको बताएका छन् । विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ ।

विराटनगर विमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार बिसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए । ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिबन्ध गरेको उनले दोर्होयाए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनको भनाइ छ ।

सेना परिचाचलनका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा रक्षामन्त्री समेत रहेका पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वैठकको निर्णयवाट नै मुलुकमा सेना परिचालन हुने व्यवस्था रहेको बताए ।

उनले सुरक्षा परिषदको वैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रीपरिषदको वैठकको प्रस्ताव राष्ट्रपतिवाट सदर पछि मात्र सेना परिचालन हुने व्यवस्था रहेको स्पष्ट पारे ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु