गृहपृष्ठ लगानीसम्मेलनमा ६ सय २० विदेशी लगानीकर्ता सहभागि हुने ( सूचिसहित )
लगानीसम्मेलनमा ६ सय २० विदेशी लगानीकर्ता सहभागि हुने ( सूचिसहित )
सरकारले गर्न लागेको लगानी सम्मेलनमा ४० वटा देशबाट ६ सय २० विदेशी लगानीकर्ता आउने भएका छन् । आगामी चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन हुने छ । सम्मेलनमा ६४ करोडदेखि तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिनेछ । लगानी बोर्डका अनुसार सम्मेलनको उद्घाटन सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
उदघाटन कार्यक्रमपछि नेपालमा लगानीको अवसर, आर्थिक परिवर्तनका लागि ऊर्जा उत्पादन, सूचना तथा सञ्चार प्रविधिका विषयमा सत्रहरू संचालन गरिने छन् । पर्यटनः मनोरञ्जन तथा धार्मिक पर्यटनका लागि गन्तव्य विकास, उद्योगः औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना, यातायात पूर्वाधारः दिगो यातायात पूर्वाधार निर्माण विषयमा बहस चलाइने छ । कृषि तथा बनजन्य उत्पादनः मुख्य शृंखलामा आधारित अवसरहरुको खोजी, पूर्वाधारका लागि वित्त, नेपालमा लगानीः अनुभव आदान–प्रदान सत्र राखिएको छ ।
कुल ११ वटा सत्रमध्ये छ सत्रमा माहातहतका मन्त्रीहरूले अध्यक्षता गर्नेछन् भने सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन गर्नु परेको कारणसहित विषयबस्तु स्पष्ट पार्ने कामको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ७० जनाभन्दा बढी वक्ताले बोल्ने कार्यक्रम छ ।
सम्मेलनमा धेरै वक्ता भने विदेशी हुनेछन् । विदेशी वक्ताको रुपमा म्यानमारका लगानी तथा वैदेशीक आर्थिक सम्बन्धी मन्त्री यु थङ टन, विश्व बैंकका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) हार्टविग सेफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजेन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष साजिद नासिम, मटहूट ग्रुपका अध्यक्ष एमजी जर्ज मटहूट छन् । सुमिटोमो प्रबन्ध निर्देशक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रबन्ध निर्देशक सोनिया बासिर कबिर, स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एड्लर र टर्कीको मोबाइल निर्माता कम्पनी टर्कसेलका प्रमुख कार्यकारी अधिकृत कान टेर्जिग्लु, मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केईको होण्डा विभिन्न सत्रका वक्ताहरूको रुपमा रहेका छन् । एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक डोङ ली, अल्लिनाज इन्भेस्टमेन्ट मेनेजमेन्टका उपाध्यक्ष एलिक पेफर, एफएमओका एसिया प्रमुख गीर्ट फीजनर, ग्यारेन्टकोका दक्षिण एसिया क्षेत्रिय निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रबन्ध निर्देशक स्यामुअल जोसेफ, सिडिसी इण्डियाका दक्षिण एसिया प्रमुख श्रीनी नागाराजन लगायतका वक्ताहरुले पनि सम्मेलनका सत्रहरूमा भाग लिने छन् ।
अन्तराष्ट्रिय मुद्रा कोषका उपाध्यक्ष हान्स पिटर लाङ्केस, संयुक्त अरब इमिरेट्सको अर्थ मन्त्रालयका उपसचिव अब्लुल्लाह अल सलाह, इन्भेस्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक बाग्ला, दक्षिण अफ्रिकाको उद्योग तथा व्यापार विभागका महानिर्देशक तथा नेपालका लागि राजदूत सादिक जाफेर, मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसूर्यमुर्ती सुन्दरा राजा, र संयुक्त राज्य अमेरिकको फिच ग्रुपका एसिया प्यासिफिक प्रमुख स्टेफन सेवार्ज वक्तामा रहेका छन् ।
डाबर इन्डिया ग्रुपका सार्क क्षेत्रीय बिजनेस हेड हर्किरात सिंह बेदी, हेस्टर बायोसाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्ट्ले इन्डिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष सन्जय खजुरिया र चीनको ग्वाङडोङ प्रदेश एसोसियसन अफ चाइनिज हर्बल मेडिसिनका महासचिव वान बाइगेङसमेत वक्ताका रुपमा रहने छन् । जर्मन इन्भेस्मेन्ट एन्ड डेभलमेन्ट कम्पनीका डाइरेक्टर एन्द्रेस क्रेमर, विश्व बैंकका लिड ट्रान्सपोर्ड स्पेसलिस्ट आर्नब बान्ड्योपाध्याय, कोडा (सिओडिए)का सेक्रेटरी जनरल हि जेनविई, सर्राफ ग्रुपका प्रबन्ध निर्देशक सलाह सर्राफ, चाइना रेलवे इन्टरनेसनल ग्रुपका डिरेक्टर जेनेरल मेनेजर वाङ लिजीसमेत सहभागी हुनेछन् ।
होङ्सी सिमेन्टका उपाध्यक्ष जु गेङ, सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर र कतार एयरवेजका कन्ट्री मेनेजर मोहम्मल ईल ईमाम पनि सम्मेलनमा रहने छन् ।
प्रकाशित समय २०:०७ बजे


















