गृहपृष्ठ छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ना १ त ६६६६ नम्बरको ट्र्याक्टरमा किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार साँझ ना ३ प ५५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हरिपुर नगरपालिका–२ का ६५ वर्षीया मोसतकीमा खातुनको मृत्यु भएको हो ।
त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहको पाँच वर्षीया छोरी काजल साहको भैँसीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:४० बजे

















