गृहपृष्ठ सेयर लगानीकर्ताको आन्दोलन स्थगित

सेयर लगानीकर्ताको आन्दोलन स्थगित

सेयर लगानीकर्ताहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारी पक्षले सम्मेलन भाँड्नकै लागि लगानीकर्ताले आन्दोलन गरेको आरोप लगाएपछि लगानी सम्मेलन अवधिसम्मका लागि आन्दोलन स्थगित गरिएको आन्दोलनरत समूहले बताएको छ ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलन चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ ।

अर्थमन्त्री युवराज खतिवडा, अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेल, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, कार्यकारी निर्देशक निरज गिरी तथा नेप्सेका प्रमुख चन्द्रसिंह साउदले पुँजी बजार सुधारमा काम नगरेको आरोप दबाब समूहले लगाएको छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को प्रस्तावनामा उल्लेख भएका लगानीकर्ताको नैसर्गिक अधिकार हनन् हुने गरी आन्दोलनकारी माथि प्रहरी परिचालन गरेर दमन गरिएको भन्दै उनीहरुले दमन गर्नेमाथि कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग पनि गरेका छन् ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु