गृहपृष्ठ ओपोले ल्यायो आफ्नै ओएस कलर ६ः के के छन् विशेषता ?

ओपोले ल्यायो आफ्नै ओएस कलर ६ः के के छन् विशेषता ?

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केही बजारमा भरखरै सार्वजनिक ओपो एफ ११ र एफ ११ प्रोमा यो ओएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ । हल्का कलर स्किममा आधारित नयाँओएसले कार्य क्षमता परिस्कृत गर्ने छ । यसमा एप ड्रअरसमेत उपलब्ध छ ।

सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभूमी र सूक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँ आइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन यसको विशेषता हो ।
कार्यक्षमतामा उत्कृष्टताका लागि हाइपर बुस्ट नाम दिएर यसमा विशेष ब्यवस्था गरिएको छ । यसअन्तर्गत प्रणाली बुस्ट, एप बुस्ट र गेम बुष्टलगायत पर्दछन् । गेमको मज्जा लिइरहँदा फोन कल वा नोटिफिकेसनका कारण अबरोध नआओस् भन्ने सोचका साथ यसमा गेम एसिस्टेन्टको ब्यवस्था गरिएको छ । साथै, फोनमा स्क्रिन रेकर्डिङको ब्यवस्था पनि छ ।
पर्सनलाइज्ड गेमिङ अनुभव दिने सोचका साथ नयाँ ओएसमा गेम स्पेस नामको फिचरसमेत उपलब्ध छ । ओएस ६ मा ईन्टरनेटको समस्याबाट प्रयोगकर्तालाई छुटकारा दिने सोचका साथ वाईफाई र फोरजी कनेक्टिभिटीको एकिकृत प्रयोग गर्ने स्मार्ट डुअल च्यानल नेटवर्क उपलब्ध छ । नोटिफिकेशन म्यूट गर्ने, कल काट्न म्यासेज गर्ने तथा ध्यान भंग हुने कुनै पनि प्रकारका अबरोध रोक्ने यस्तो सुविधा दक्षिण–पूर्वी एसियाली बजारमा मात्र उपलब्ध हुनेछ ।
एण्ड्रोइड पाईमा आधारित कलर ओएस ६ मा होम स्क्रिनको बायाँ पट्टीबाट स्वाइप गर्दा उपलब्ध हुने परिमार्जित स्मार्ट एसिस्टेन्ट, नेभिगेसन गेस्चर, परिस्कृत नोटिफिकेसन बार लगायत सुविधा उपलब्ध छन् । अधिकांश सुविधा एआईमा आधारित छ । त्यसैले नयाँ ओएसमा उपलब्ध सिष्टम स्मार्ट म्यानेजमेन्टले प्रक्रिया नियाल्दै, स्वचालित रुपमा धेरै प्रयोग नहुने ब्याकग्राउण्ड एपहरु रोक्दै ब्याट्री जोगाउने काम गर्छ ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु