गृहपृष्ठ बुटवलमा भारतीय नागरिकको गोली हानी हत्या
बुटवलमा भारतीय नागरिकको गोली हानी हत्या
बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१ मैना बगरमा अज्ञात व्यक्तिले चलाएको गोली लागी भारतीय नागरिक ४० वर्षीय फिरोज खानको मृत्यु भएको हो । मैनाबगरस्थित अटो भिलेजमा काम गर्ने खानको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
गोली किन र कसले चलाएको भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय ०७:०५ बजे

















