गृहपृष्ठ इसुजु सिंगल क्याब गाडीको पोखरा बिक्री सुरु
इसुजु सिंगल क्याब गाडीको पोखरा बिक्री सुरु
जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता रेज मोटर्सले पोखरामा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडी लञ्च गरेको छ । रेज मोर्टर्सको पोखरा नयाँबजारस्थित सोरुममा बुधबार इसुजु सिंगल क्याब गाडी लञ्च गरेको रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए ।
जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इन्जिन उत्पादन गरेर अरु सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको बताइएको छ । गाडीमा ३ टनसम्म सामान ओसारपसार गर्न सकिन्छ । इन्जिन क्षमता २५ सय सिसी भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी हुने विक्रेता कम्पनीको दावी छ । यसको बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको छ ।
कम्पनीका अनुसार सिंगल क्याब डी म्याक्स डेकको लम्बाइ ८ फिट र चौडाइ साढे ५ फिट छ । रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले भने,‘कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ ।’
रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त सुविधा सम्पन्न गाडी समेत बिक्री गर्दै आएको छ । सामानसहित परिवारै अट्नसक्ने यो गाडीको नेपाली बजारमा मूल्य ४१ लाख रुपैयाँ छ । फोर ह्विलसमेत भएको इसुजुकै डबल क्याब जीपको भने बजार मूल्य ६५ लाख रुपैयाँ छ । पोखरामा सो रुम खुलेको १५ महिनाको अवधिमा इसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्री भएको रेज मोटर्सका प्रवन्ध निर्देशक अशोक चालिसेले बताए ।
प्रकाशित समय २०:१४ बजे

















