गृहपृष्ठ लगातार दोस्रो जित निकाल्दै कोलकता आईपीएलको शीर्ष स्थानमा
लगातार दोस्रो जित निकाल्दै कोलकता आईपीएलको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग(आईपीएल)को छैटौं खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलाभेनलाई २८ रनले पराजित गरेको छ ।
वेस्ट इन्डिजका आन्द्रे रसेलले उत्कृष्ट अलराउण्डर प्रर्दशनी गरेपछि पन्जाव २८ रनले पराजित भएको हो । बुधबार रातिको खेलमो पन्जावलाई २८ रनले हराएसँगै कोलकता अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । २ सय १९ रनको लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन मात्र बनाउन सक्यो ।
पन्जावका मयंक अग्रवालले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । डेविड मिलरले ५९ र मन्दीप सिंह ३३ रनमा अविजित रहँदा पनि टिमलाई भने जित दिलाउन सकेनन् । क्रिस गेल २०, केएल राहुल १, सरफराज खानले १३ रन जोडेका थिए । कोलकताका आन्द्रे रसेलले ३ ओभरमा २१ रन खर्चेर २, पियुष चवला र लोकी फ्रग्र्युसनको नाममा समान एक विकेट लिए ।
इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २ सय १८ रनको विशाल योगफल बनाएको थियो । विशाल योगफल तयार पार्न आन्द्र रसेलले मात्र १७ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ४८ रन जोडे । नितिश रानाले ६३, क्रिस लिन १०, सुनिल नारायण २४ रनमा आउट भए । रोविन उथप्पा ६७ रनमा अविजित रहे ।
जितसँगै कोलकता २ खेलमा २ मा नै जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । चेन्नई २ खेलमा २ मा जित निकाल्दै दोस्रो स्थानमा छ । पन्जावले आफ्नो तेस्रो खेल आगमी ३० मार्चमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । त्यस्तै कोलकताले पनि ३० मार्चमा दिल्ली क्यापिटल्ससँग खेल्दै छ ।
प्रकाशित समय ०७:४२ बजे

















