गृहपृष्ठ सबै विषयको प्रश्नपत्र बाहिरिएको आशंका, शिक्षा मन्त्रालयमा आकस्मिक बैठक

सबै विषयको प्रश्नपत्र बाहिरिएको आशंका, शिक्षा मन्त्रालयमा आकस्मिक बैठक

एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ । परीक्षा हुन बाँकी विषयको समेत प्रश्नपत्र आउट भइसकेको हुनसक्ने आशंका समेत गरिएको छ । परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ ।

मितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो । बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो ।
उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो । थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भवना छ । आगामी दिनको परीक्षा के कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ । स्रोतका अनुसार उक्त बैठकले आउट भएको प्रश्न केन्द्रमा सिलबन्दी गराएर पठाएका प्रश्नहरु मध्येबाट हुबहु रहेको निष्कर्ष समेत निकालेको छ ।

यो पनि पढ्नुस्

प्रदेश २ मा फेरि बाहिरियो एसईईको प्रश्नपत्र, सामाजिक विषयको परीक्षा रद्द  

 

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु